अन्तर्राष्ट्रिय

न्युजिल्यान्डका केन विलियम्सनले टेस्ट क्रिकेटको कप्तानी छाडे



काठमाण्डौ २९ मंसिर – न्युजिल्यान्डको टेस्ट क्रिकेट टोलीबाट केन विलियम्सनले कप्तानी छोडेका छन् । पाकिस्तान भ्रमण अघि विलियम्सनले टेस्ट कप्तानीबाट राजीनामा दिएका हुन् । तर उनी खेलाडीको रुपमा टोलीमा रहनेछन् । साथै टी–२० तथा एक दिवसीयमा कप्तान रहनेछन् ।
विलियम्सनको ठाउँमा तीव्र गतिका बलर टिम साउदीलाई कप्तानको जिम्मेवारी दिइएको न्युजिल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । विलियम्सन न्युजिल्यान्डको क्रिकेट इतिहासमा उत्कृष्ट टेस्ट कप्तानका रुपमा रहेका छन् । उनले ४० मध्ये २२ खेलमा जित हात पारेका छन् भने ८ खेल बराबरी र १० वटामा मात्र हार ब्यहोरेका छन् ।
विलियम्सनको कप्तानीमा न्युजिल्यान्डले सन् २०२१ मा भारतलाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो । पाकिस्तान र न्युजिल्यान्डबीच दुई टेस्ट र तीन एक दिवसीय शृङ्खला हुँदैछ । पहिलो टेस्ट डिसेम्बर २६ देखि सुरु हुनेछ ।

प्रकाशित : २९ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६