खेलकुद

भूपू सैनिक स्कुलको आयोजनामा”प्रथम अन्तर विद्यालय जिल्ला स्तरीय कराँते प्रतियोगिता” सम्पन्न



पशुपति गिरी ।
कपिलवस्तु, १ पुस ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ मा अबस्थित भूपू सैनिक स्कुलको आयोजनामा आज प्रथम अन्तर विद्यालय जिल्ला स्तरीय कराँते प्रतियोगिता २०७९ सम्पन्न भएको छ। भूपू सैनिक स्कुलको आयोजनामा सञ्चालित प्रतियोगितामा जिल्लाका ४६ वटै सामुदायिक तथा निजि विद्यालयहरुबाट गरी करिब २०० जना खेलाडीहरुको सहभागिता रहेको स्कुलका प्राचार्य डम्बर बहादुर सोमैले बताएका छन् । जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका अध्यक्ष राजेश कुमार उपाध्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कराँते प्रतियोगितामा २० के.जी तौल समूह देखि ६० के.जी सम्मका १४ बर्ष मुनिका खेलाडीहरुलाइ समूहमा प्रतिस्पर्धा गराइएको जिल्ला खेलकुद बिकास समितिका सदस्य सचीव मीन प्रसाद पोख्रेलले बताएका हुन् ।

जिल्लामा यसरी पहिलो पटक कराँते प्रतियोगिता आयोजना हुँदा निकै खुशी लागेको स्थानीय खेलाडी सावित्री वि.कले बताइन्। उनले भनिन् ‘क्रिकेट, भलिबल, फुटबल जस्ता खेल सधैं भइरहन्छ तर कराँते पहिलो पटक भएको छ। हामी जस्ता कराते खेलाडीका लागि यो निकै खुसीको कुरा हो।’ उक्त कार्यक्रमका अतिथी तथा स्कुल ब्यावस्थापन समितिका अध्यक्ष राजेन्द्र बिक्रम शाहले कराँते प्रतियोगिता प्रत्येक विद्यालयमा अनिवार्य कराते खेलकुद आवश्यक भन्ने उदेश्यका साथआयोजना गरिएको बताएका छन् । उक्त कार्यक्रम बालकुमारी पुन गैरेको स्वागत मन्तव्य र नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित : १ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६