अर्थ-वाणिज्य

पूर्वमन्त्री पाण्डे लोसपाको प्रदेश संयोजक : कपिलवस्तुका हिरालाल र शिवभक्त सहित ३३ लाई जिम्मेवारी




रुपन्देही २ पुस । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)को लुम्बिनी प्रदेश कार्यकारिणी समितिको संयोजकमा रुपन्देहीका सन्तोष कुमार पाण्डेय चयन भएका छन् ।लोसपा अन्तरिम विधान २०७८ अनुसार सन्तोष कुमार पाण्डेयको संयोजकत्वमा २३ सदस्यीय लुम्बिनी प्रदेश कार्यकारिणी समिति गठन गरिएको पार्टीले जनाएको छ । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ को १ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।
समितिको सदस्यहरुमा मोहम्मद ईस्लाम रुपन्देही, नसिम अख्तर खान रुपन्देही, सन्दीप त्रिपाठी रुपन्देही, महेन्द्र गुप्ता रुपन्देही, राम गणेश पाल रुपन्देही, कन्हैया बनिया रुपन्देही, नगेन्द्र अग्रहरी पश्चिमनवलपरासी, हिरालाल यादव कपिलवस्तु, लक्ष्मी देवी भुर्जी बर्दिया, शिव भक्त ठाकुर कपिलवस्तु, जगदीश गुप्ता पश्चिमनवलपरासी, सुरेश वर्मा बाँके, निर्मला ओली दाङ, नितु शर्मा रुपन्देही, दुर्गा गुप्ता रुपन्देही, राम गोपाल यादव बर्दिया, उमा कुमारी माली सैनी रुपन्देही, नर्बदा मार्या रुपन्देही, पारुल बेरिवल रुपन्देही र ओम प्रकाश चौधरी रुपन्देही रहेका छन् ।

प्रकाशित : २ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६