अर्थ-वाणिज्य

अध्यादेशको पक्षमा कपिलवस्तुका ३ वटै क्षेत्रमा प्रदर्शन गर्ने थारु सम्वद्ध संघ सस्थाको निर्णय



सरिता थारु
कपिलबस्तु २ पुस ।थारु कल्याणकारिणी सभा/थरुहट/ थारुवान संयुक्त सघर्ष समिति कपिलबस्तुले हालै सरकारले ल्याएको अध्यादेश संविधानसम्म्त भएको भन्दै स्वागत गरेको छ । साथै समितिले अध्यादेशको पुर्ण सर्मथन गर्दै कार्यान्वयनको लागि जोडदार माग समेत गरेको छ । माग कार्यन्वायन नभए सशक्त आन्दोलन गर्न बाध्य हुने समेत भनेको छ । थारु कल्याणकारिणी सभा कपिलबस्तुको सभाहल गोरुसिंगेमा भएको बैठकलले यस्तो निर्णय गरेको हो । बैठकले मुलुकी फौजदारी संहिता कार्यविधि सम्बन्धमा संविधानसम्मत ल्याएको अध्यादेश सकारात्मक एवं स्वागतयोग्य रहेको दाबी गरेको हो । पहिचान र अधिकारको लागि थारु कल्याणकारिणी सभा/थरुहट. थारुवान संयुक्त सघर्ष समितिको शान्तिपूर्ण आन्दोलनको व्रममा २०७२ भाद्र ७ गते भएको रहस्यमयी दुःखद टिकापुर घटनाको झुठा मुद्दा लगाइएका थारु नेता तथा कार्यकर्ताहरुको मुद्दा फिर्ता एवं बन्दिहरुलाई अविलम्ब रिहाइ गर्न पनि समितिको माग छ ।
अध्यादेशको पूर्ण समर्थन गर्दै सो को कार्यान्वयनको लागि माग गरेको छ । यसैगरि थारु कल्याणकारिणी सभाकपिलबस्तु, नगर कार्य समिती, पत्रकार, थारु बुद्धिजिबी समाजसेवी, कर्मचारी, शिक्षक, युवा, विद्यार्थी, उद्योगी व्यापारी अधिकारकर्मी,महिला सबैको सहभागितामा अध्यादेशको पक्षमा शान्तिपूर्ण जनपरिचालन तथा रयाली गर्ने निर्णय गरिएको छ । पुष ३ गते कपिलबस्तुको क्षेत्र नं. १ को बाणगंगा नगरपालिका वडा नंं ४ बद्धरंगशालामा भेला भई ४ नं. चोक सम्म, पुष ४ गते क्षेत्र नं. २ को थारु कल्याणकारिणी सभा कपिलबस्तुको सभाहलमा भेला भई गोरुसिंगे बजार सम्म र पुष ५ गते क्षेत्र नं. ३ को शिवराज नगरपालिका ५ चन्द्रौटामा भेला भई चन्द्रौटा बजारमा शान्तिपुरण र्याली गरि कोणसभा गरिने निर्णय गरिएको छ । जिल्ला सभापती उमाशंकर चौधरीको सभापतित्वमा बसेको बैठकमा केन्द्रिय सदस्य सुमित्रा थारु, पुर्व केन्द्रिय सदस्य भोजराज थारु, जिल्ला सल्लाहकार दिपक थारु लगाएको उपस्थिती रहेको बैठकको संचालन सहसचिव राजेश थारुले गर्नुभएको थियो ।

प्रकाशित : २ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६