ब्रेकिंग न्युज

प्रदेश राजधानीको धानखोला-लमही ४० किमी राजमार्ग चौडा पार्न अमेरीकी सहयोग




भालुवाङ २ पुस । दाङ–कपिलवस्तुको सिमाना धानखोला देखि पश्चिम लमही नगरपालिकाको अर्जुन खोला सम्मको ४० किलोमिटर राजमार्गलाई १६ मिटरको चौडा बनाइने भएको छ ।नेपाल सरकार तथा अमेरिकी सरकारको अनुदान सहयोगमा एमसीएन मार्फत ४० किलोमिटर सडकखण्ड मर्मत सम्भार परियोजना अन्तरगत सो सडकको मध्ये बिन्दुबाट दायाँबायाँ ८/ ८ मिटर गरी कुल १६ मिटर चौडाई रहने गरि सडक मर्मत सम्भार गर्न लागिएको सो परियोजनाका पुर्नबास विज्ञ रविन ढकालले जानकारी दिएका छन् ।
अवको ७/८ महिनाबाट सवै प्रकृया पुरा गरेर काम सुरु गरिने र काम सुरु भएको मितिले १५/१६ महिना भित्र काम सम्पन्न गरिसक्ने परियोजनाका पुर्नबास विज्ञ ढकालले जानकारी दिएका छन् । यसै बीच सो परियोजनाले शनिवार राप्ती गाउँपालिका ५ र ८ का सडक छेउका नागरिकलाई सिसहनियाँ बजारमा भेला गराई अव बन्ने सडकको संरचना बारे जानकारी गराउनुका साथै सल्लाह सुझाव समेत संकलन गरेको छ ।सो भेलामा परियोजनाका सामाजिक सुपरभाइजर तारा लामिछाने, नवीन रावल, सडक छेउछाउका स्थानीय लगायतको उपस्थिीति रहेको थियो । यस अघि सडक डिभिजन कार्यालय दाङले पुर्व धानखोला देखि पश्चिम शिवखोला सम्मको पुर्व पश्चिम राजमार्गको दायाँबायाँ ३१/३१ मिटर भित्रका संरचना हटाउन १५ दिने सुचना समेत जारी गरिसकेको थियो ।

प्रकाशित : ३ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६