हरि घिमिरे
कपिलवस्तु, ०३ पुष ।
एउटा यस्तो युगल जोडी जसले आफ्नो अनेकौं सङ्घर्षका खुड़कीला पार गरेर दर्जनौंलाई स्वरोजगार बनाउन सफल भएको छ । उहाँहरु हुनुहुन्छ, बाणगंगा नगरपालिका वडा न.२ पिपरामा आफ्नो व्यवसाय सञ्चालन गरेका रोजि रेश्मा टेलर्सका सञ्चालक जांगिर खाँन र राधिका गौतम । खाँन र गौतम । कति फरक छ हाम्रो नेपाली समाजमा । जांगिर खाँन आफू मुस्लीम र राधिका गौतम हिन्दु हुनुहुन्छ । हाम्रो देशमा समाजले पनि अझै सहज रुपमा यस्ता विषयलाई स्विकार गर्न मान्दैन ।
जांगिर खाँन आफू ७ बर्षको उमेरदेखि काठमाण्डौमा टेलरिङ्ग पेशा गर्दै आउनु भएको थियो । पेशाकै क्रममा उहाँको पसल नजिकैको छिमेकीसँग प्रेम सम्बन्ध भयो । सम्बन्धको केही बर्ष पछि उहाँहरु भागी बिवाह गर्न बाध्य हुनु भयो र भागेर विबाह भयो । भाग्नुको पछाडिको कारण उहाँहरुको अन्तर्रजातीय प्रेम सम्बन्ध थियो । भनिन्छ नि जब कसैलाई मनदेखि माया गरिन्छ त्यसमा न कुनै जातभात आउछ न कुनै धर्म लिंगको कुरा आउछ । नत कुनै उमेरको । सवै कुरा प्रेम भन्ने शब्दमा समेटिएको हुन्छ ।
त्यस्तै थियो जांगिर र राधिकाको प्रेममा जागिर खाँनको घर भारतको विहारमा थियो राधिका गैतमको घर काठमाण्डौमा । विहारवाट काठमाण्डौ आएर पेशा सम्हाल्नु भएका खाँनले आफ्नो प्रेमलाई जिवन्त राख्न राधिकालाई भागाएर भारतको कलकत्ता पुर्याउनु भयो । जांगिरको हातमा कपडा सिलाउने सिप थियो, कलकत्तामा पनि उहाँलाई त्यति अप्ठ्यारो त परेन तैपनि अर्काको छोरी अर्काको देशबाट भगाएर भारत लैजानु चानेचुने कुरा थिएन । मनमा डर आशंका पिर चिन्ता सबै सबैथोकले जागिरलाई पिरोलि रहेको थियो ।
यतिकै क्रममा जांगिरले राधिकालाई पनि आफूले गर्दै आएको पेशा सिकाउन थाल्नु भयो । संगसंगै राधिकाले पनि पूर्णरुपमा सिपको विकास गर्नुभयो । दुवै जनाको हातमा सिप त भयो तैपनि राधिकालाई आफ्नो माईतीको पिरले न रातमा निद्रा त न दिनमा भोक नै लाग्यो । राधिकाको माइतीले खोजि पनि गर्नु भएन । “सायद मैले अन्तरजातीय विवाह गरेर मेरो खोजी भएन” राधिकालाई लाग्न थाल्यो । जसो तसो भारतको कलकत्तामा उहाँहरुले १० बर्ष विताउनु भयो । दश बर्षे कलकत्ताको बसाइमा उहाँहरुका दुई छोरी र एक छोरा पनि जन्मिए ।
यति कुरा बताउदा बताँउदै संर्घष ठूलै भयो भन्दै लामो सास फेर्नु भयो अनि आशु रोक्न सक्नु भएन । आफूहरु सधैभरि भारत बस्न नसक्ने भएपछि नेपाल फर्कनु भयो । उहाँहरु अहिले कपिलवस्तुको बाणगंगा वडा न.२ पिपरामा विगत पाँच वर्षदेखि आफूले गर्दै आएको पेशालाई निरन्तरता दिदै सुखि र खुसिका साथ अन्र्तरजातीय प्रेमलाई जीवन्त तुल्याउन सफल भएको दुबै दम्पतिले सुनाउनु भयो ।
उहाँले गर्दै आएको टेलरिङ्ग पेशाले आफूहरु मात्र सक्षम हुनु भएन हजारौंलाई सिप सिकाउनु भयो । दर्जनौं जनालाई अहिले रोजि रेश्मा टेर्लसमा जागिर दिन भएको छ । जागिर गर्नेहरु भन्नु हुन्छ उहाँको संर्घषले हामिलाई धेरै सिकायो अब हामि अब्बल बन्न कोसिसत गर्छ अरुलाई प्रेरणा दिने कुरामा पनि पछि पर्ने छैनौ ।
जांगिर खाँन ५२ बर्ष उमेरको हुनु भयो त्यस्तै उहाँकी पत्नी राधिका ४० बर्षको हुनु भयो । दुवै जनाले दुवै धर्ममा आस्था र विश्वास राख्नु हुन्छ । उहाँहरुमा संघर्ष गर्ने शक्ति हराएको छैन । अझै धेरै जनालाई सिप सिकाउनु छ । धेरैलाई जागिर दिनु छ भन्नु हुन्छ खाँन र गौतमको युगल जोडी ।
एउटा टेलरिङ पेशाले कतिलाई सक्षम बनायो कतिलाई जागिर दियो हेर्नुहोस्त साँच्चै संघर्षले तपाई हामिलाई पनि यस्तै अब्बल र सक्षम गराउने छ प्रयास गरौं । संघर्षले सिकाएको सिपले उहाँहरुमा जोस जागर कहिल्यै नहराओस् धेरैले जागिर पाउन् धेरैको हातमा सिपको विकास होस् हाम्रो पनि शुभकामना ।
३ पुस २०७९, आइतबार








प्रतिक्रिया