प्रदेश

निजी जग्गामा राखेका गाडी महानगरले उठाएपछि अनामनगर क्षेत्रमा तनाव



काठमाण्डौ, ०३ पुष । काठमाण्डौ महानगरपालिकाले निजी जग्गामा राखेका गाडी उठाएपछि अनानगर क्षेत्रमा तनाव सिर्जना भएको छ ।

आज आइतवार महानगरपालिकाले काठमाण्डौको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका गाडी उठाएको हो । निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे गाडी महानगर प्रहरीले उठाएपछि अहिले अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ ।

महानगरपालिकाले ज्यादती गरेको भन्दै अहिले गाडी चालक विरोधमा उत्रिएका छन् । महानगरपालिकाले एक पटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आफूहरूमाथि ज्यादती गरेको उनीहरूको भनाइ छ ।

गाडी चालक राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन गाडी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले फेरि आएर गाडी उठाएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले अनामनगर क्षेत्रमा निजी जग्गामा गाडी राख्न नपाउने हो भन्दै प्रश्नसमेत गर्नुभयो ।

सिंहदरबार पूर्वी गेटमा अहिले सर्वसाधारण, महानगर प्रहरी र ट्राफिक प्रहरीबीच भनभन भइरहेको छ । गाडी चालकले महानगरपालिकाले ज्यादती छोड्नपर्ने अडान लिएका छन् ।

प्रकाशित : ३ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६