प्रदेश

समयमै बजेट नल्याउने ८ स्थानीय तहलाई ताकेता



काठमाडौं, ३ पुष । चालु आर्थिक वर्ष (आव) को ५ महिना पुरा हुँदासम्म पनि बजेट ल्याउन नसक्ने ५ स्थानीय तहलाई संघीय सरकारले ताकेता गरेको छ ।

नेपालको संविधान, स्थानीय तहलाई प्राप्त अधिकार र प्रचलित कानुनको पूर्ण पालना गरी जनतालाई प्रदान गरिने सेवा प्रवाह गर्नरगराउन संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

चालु आवमा सिराहाका औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, धनुषाको नगराइन नगरपालिका र कमला नगरपालिका, सर्लाहीको विष्णु गाउँपालिका र बौधीमाई नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका र बाँकेको डडुवा गाउँपालिकाले अहिलेसम्म चालु आवको बजेट ल्याउन सकेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँरनगरसभाले असार मसान्तसम्म आगामी आवको बजेट पारित गरिसक्नु पर्छ । बजेट पारित गरी त्यसको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्ट समेत गर्नुपर्छ ।

बजेट पास नहँदा स्थानीय तह मार्फत जनतालाई प्रदान गरिने सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासनका काम प्रभावित भएको गुनासो मन्त्रालयमा आएको समेत सूचनामा उल्लेख गरिने छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत नियमनकारी निकायबाट समेत यसबारे तोकेता भएको भन्दै मन्त्रालयले स्थानीय तहहरुलाई सचेत गराएको छ ।

प्रकाशित : ३ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६