अन्तर्राष्ट्रिय

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि



काठमाण्डौ ४ पुस – फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो ।
निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पे र कोलो मुनीले मात्र गोल गर्न सके । किङ्सली कोमन र चोमेनीले गोल गर्न सकेनन् ।
यसअघि अर्जेन्टिनाका लागि लियोनल मेस्सीले दुई र एन्जेल डी मारियाले एक गोल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पेले ुह्याट्रिकु गरे ।
अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कपको उपाधि जित्यो । यसअघि सन् १९८६ मा अर्जेन्टिनाले विश्व कप जितेको थियो । त्यसअघि सन् १९७८ मा उपाधि जितेको थियो । फ्रान्स भने यसअघि सन् १९९८ र २०१८ मा विजेता बनेको थियो ।
आजको खेल फाइनल मा ह्याट्रिक गरेका एम्बाप्पेले सन् १९६६ को रेकर्ड तोडेका छन् । यसअघि सन् १९६६ मा इङ्ग्ल्यान्डका जियाफ हर्स्टले ह्याट्रिक गरेका थिए । त्यो संस्करणको विश्व कप फाइनल इङ्ग्ल्यान्डले जितेको थियो ।

प्रकाशित : ४ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६