जीवनशैली

तराईका जिल्लामा हुस्सुसँगै चिसो बढ्यो



भैरहवा ४ पुस । रुपन्देहीलगायत लुम्बिनी प्रदेशका तराईका जिल्लामा एक सातादेखि बिहान बाक्लो हुस्सु लागेको छ । अन्य समयभन्दा तुलनात्मक रूपमा दिउँसोमा घाम मधुरो भएको छ । यसले चिसो ह्वात्तै बढेको छ । पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लाहरूमा पनि चिसोका बिरामी बढ्न थालेका छन् ।
अहिले पहाडमा कुहिरो र तराईका जिल्लामा हुस्सु लाग्न थालेको छ । चिसो बढेपछि सर्वसाधारणका दैनिक कामकाज प्रभावित भएका छन् । यससँगै विभिन्न रोगको जोखिम बढेको छ ।
चिकित्सकका अनुसार अहिले श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । अहिले जिल्लाका अस्पतालमा चिसोका कारण विभिन्न समस्या देखिएका बिरामी आउन थालेका छन् ।
बिरामीको सङ्ख्या बढेपछि चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा। सुदर्शन थापाले अधिकांशमा श्वासप्रश्वासको समस्या पाइएको बताउनुभयो ।
उहाँका अनुसार अस्पतालमा आउने बिरामीमध्ये ६० प्रतिशतमा श्वासप्रश्वास, रुघाखोकी र फोक्सोको समस्या देखिने गरेको बताउनुभयो । चिसो ह्वात्तै बढेकाले मर्निङ वाक गर्ने ज्येष्ठ नागरिकका साथै बालबालिकालाई घाम लागेपछि हिँड्न, न्यानो लुगा लगाउन, तातो खानेकुरा खान उहाँले आग्रह गर्नुभयो ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जाडो याममा अन्य रोगका बिरामीभन्दा दम, ज्वरो, खोकीका अधिकांश बिरामी आउने र भर्ना भएर उपचार गर्नुपर्ने स्थिति आएको बताउनुभयो ।

प्रकाशित : ४ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६