खेलकुद

दोस्रो कालिका जिल्लास्तरिय रनिङ शिल्ड स् विभिन्न खेल सम्पन्न



बुटवल ४ पुष। कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजना गरिएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ अन्तरगत आईतबार एथ्लेटिक्स, भलिबल र कबड्डीका खेलहरु सम्पन्न भएका छन । प्रतियोगिताको तेस्रो दिन कालिकाका सलिम देवानले एक सय मिटर दौडमा एक स्वर्ण थपेका छन ।
छात्र १ सय मिटर दौडमा देवानले ११.०८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण हात पारेका हुन । खेलमा कुवरवर्ती ईगलिस बोर्डिङ स्कुलका दिलराज कुवर ११.४७ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा नबिन औद्योगिक माबिका शुशिल चौधरी ११.८४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन । यसैगरि छात्रातर्फको एक सय मिटर दौडमा रामापुर माबिकी पवित्रा बिकले १४.१७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण हात पारेकी छन । कुवरवर्ती ईगलिस बोर्डिङ स्कुलकी रोजी थापाले १४.३८ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा नबिन औद्योगिक माबिकी ऐश्वर्या बमरेलले १४.६५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेकी छन ।
छात्र सटपुटतर्फ कालिका माबिका धर्मराज धवलले १०.४२ मिटर दुरी छेलो फाल्दै स्वर्ण हात पारे । न्यु होराईजनका सचिन चौधरीले १०.२६ मिटर फाल्दै दोस्रो तथा मणिमुकुन्दका सुमित सुनार १०.०२ मिटर छेलो फाल्दै तेस्रो भएका छन । छात्रा सटपुटमा एभरेष्ट इगलिस बोर्डिङ स्कुलकी अनुषा चौधरीले स्वर्ण हात पारेकी छिन । उनले ८.५७ मिटर दुरी छेलो फयाल्दै स्वर्ण हात पारिन । यसैगरि टिकुलीगढ माबिकी सिमा केवट ७.१० मिटर छेलो फयाल्दै दोस्रो तथा न्यु होराईजनकी बिष्णु सोमरे मगरले ६.९८ मिटर दुरी छेलो फाल्दै तेस्रो भएकी छन ।
छात्र भलिबलतर्फ अन्तिम १६ को टुगो लागेको छ । सोमबार अन्तिम आठका लागि देवदह र एमएमसी, कोलिया र दीप, ज्ञानोदय र उजिरसिह, इडेन र न्यु भिजन, होराईजन इबोस्कुल र होराईजन जिबिएस, सिता माबि र कालिका मानव ज्ञानका बिचमा खेलहरु हुनेछन । यसैगरि छात्रा भलिबलतर्फ सोमबार एभरेष्ट र होराईजन बिच फाईनल खेल हुने छ भने नवज्योती र दीप बोर्डिङ स्कुलका बिच तेस्रो स्थानका लागि खेल हुनेछ ।
यसैगरि छात्रा कबठ्ठीको सेमीफाईनल खेलहरु सोमबार हुनेछन । पहिलो सेमीफाईनलमा कालिका माबि र होराईजन जिबिएस तथा होराईजन इ बो स्कुल र जनज्योती माबिका बिचमा खेल हुनेछ ।

प्रकाशित : ४ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६