ब्रेकिंग न्युज

रुपन्देहीको सिद्धार्थनगरमा सूर्तिजन्य पदार्थको विक्री वितरणमा रोक, कति लाग्छ जरिवाना ?



रुपन्देही, ०४ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सिद्धार्थनगरको नगर कार्यपालिकाको बैठकले गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

गुट्खा प्रकृतिका सूर्तिजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगर क्षेत्रमा गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

‘सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली सिटी’ बनाउनु हाम्रो उद्देश्य हो’ सिद्धार्थनगर नगरपालिका मेयर ईश्तियाक अहमद खानले भने, ‘त्यसैअनुरुप गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाइएको हो ।’ उनले यस निर्णयले सुरुवाती चरणमा व्यवसायी र गुट्खा पारखीहरुलाई समस्या जस्तो अनुभुति हुन सक्ने भएपनि यसले नगर सुन्दर र सफा राख्न मद्दत पुग्ने बताए ।

नगरपालिका कार्यालयले गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्धको ३५ दिने सार्वजनिक सूचना जारी गर्दै भनेको छ‐ ‘सो अवधी (३५ दिन) पश्चात पनि गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरण गरेको पाइएमा प्रत्येक पटक व्यवसायीलाई पाँच हजारका दरले जरिवानाले लिइनेछ ।’

प्रकाशित : ४ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६