खेलकुद

कपिलबस्तु नगरपालिकामा भोली देखि पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता




तौलिहवा, ०४ पुस ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, अनुशासनको लागि खेलकुद, पहिचानको लागि खेलकुद” भन्ने मुल नाराका साथ पाँचौ नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । प्रतियोगिता कपिलबस्तु नगरपालिकाको आयोजनामा पुस ५ गते देखि ८ गते सम्म बुद्धपद्म माविको खेलमैदानमा हुने भएको हो ।
प्रतियोगितामा नगरभित्रका २३ वटा विद्यालयको सहभागिता हुने नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख हरि प्रसाद ज्ञवालीले बताउनुभयो । नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिवल र एथलेटिक्स खेल हुने उहाँले बताउनुभयो ।
भलिबल खेलमा १४ छात्र र ७ वटा छात्राको टिम र एथलेटिक्समा २३ वटै विद्यालयको सहभागिता रहने कार्यक्रम संयोजक युवराज भुसालले बताउनुभयो । खेलमा प्रथम हुनेलाई शिल्ड सहित नगद २० हजार र प्रमाण पत्र, द्धितियलाई नगद १२ हजार र प्रमाण पत्र र तृतिय हुनेलाई नगद ८ हजार र प्रमाण पत्र प्रदान गरिने उहाँले साझा न्यूजलाई बताउनुभयो ।
झाँकी र नाच सहति नगर परिक्रमा गरि खेलको उद्घाटन गरिने छ । प्रतियोगिताको उद्घाटन कपिलबस्तु क्षेत्र नं. २ को २ का प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले गर्नु हुने छ ।

प्रकाशित : ४ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६