प्रदेश

खोटाङको बाक्सिला बजारमा भएको आगलागीबाट झण्डै ५ करोड रुपैयाँ बराबरको क्षति



खोटाङ, ०५ पुस । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारमा हिजो भएको आगलागीबाट झण्डै पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट पाँच घर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

आगलागीमा डिल्लीकुमार श्रेष्ठको घर, भाँडा, कपडा र नगद ५० हजारसहित एक करोड ४१ लाख ७७ हजार, छोरा पवन श्रेष्ठको भाँडा पसल र नगद ४० हजारसहित २० लाख ४० हजार, शुभराज राईको घर र राईको घरमा भाडामा बसिरहेका गाउँपालिका अध्यक्ष समिर राईको कपडा, पुस्तक र किराना पसल, नगद दुई लाखसहित एक करोड २५ लाख, त्यही घरमा भाडामा पसल गरिरहेका ईद्रा राईको होटल र पसल जल्दा सात लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।

यस्तै, दीपक गुरुङको घर, नगद एक लाख र किराना सामानको गोदाम नष्ट हुँदा ५४ लाख ८५ हजार, गुरुङकै घर भाडामा लिएर कपडा व्यवसाय गरिरहेका रत्ना गुरुङको नगद ७५ हजार र सामान जल्दा १३ लाख ७२ हजारको क्षति भएको छ । रमेश परियारको घर, नगद एक लाख, टेलर पसल समेत जल्दा ७१ लाख नौ हजार क्षति भएको छ । अकबर राईको घर, टीभी, फर्निचरका सामान जल्दा ६३ लाख र उहाँकै घरमा रहेको कांग्रेस समन्वय कार्यालयको कुर्सी, दराजलगायतका समान जल्दा दुई लाख बराबर रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ५ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६