प्रदेश

पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको ज्यान गयो




पुस ५, एजेन्सी ।

पाकिस्तानमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ । ग्यास सिलिन्डर विस्फोट हुँदा अन्य १३ जना घाइते भएका छन् ।

पाकिस्तानको बलुचिस्तान प्रान्तको लासबेला जिल्लामा एक पसलमा ग्यास सिलिन्डर भर्ने क्रममा विष्फोट भएको थियो । विस्फोटपछि आगो लागेको र आगोले अरू सिलिन्डर पनि पड्किँदा धेरै क्षति भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

विस्फोटमा घाइते भएका १३ जनामध्ये केहीको अवस्था चिन्ताजनक रहेको खबरमा उल्लेख छ । विस्फोटपछिको आगलागीबाट चार वटा पसल र १२ वटा गाडी जलेर ध्वस्त भएका छन् ।

प्रकाशित : ५ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६