प्रदेश

सरकार गठनको अनुचित र फोहोरी उद्देश्यप्रति एमाले पूर्ण असहमत छः ओली



काठमाडौं, ०५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकार गठनको अनुचित र फोहोरी खेलमा नलाग्ने बताएका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले अहिले सरकार गठनका लागि फोहोरी र अनुचित खेल भइरहेको टिप्पणी गरे ।

अहिले एमालेबाहेकका दलका नेताहरुमा सरकार के का लागि बनाउने भन्दा पनि पद प्राप्त कसरी गर्ने र आफ्नो स्वार्थ कसरी पूरा गर्ने भन्ने मात्र आकांक्षा देखिएको ओलीले बताए ।

‘सरकार गठनको यस्तो अनुचित र फोहोरी उद्देश्यप्रति नेकपा एमाले पूर्ण रुपमा असहमत छ र त्यसको विरुद्धमा छ’ उनले भने, ‘यस्तो हिसाबले सरकार गठन गर्ने क्रियााकलापमा हामी लाग्दैनौं ।’

सत्तामा वा प्रतिपक्ष जहाँ रहे पनि राष्ट्रियता, लोकतन्त्र, सुशासन, कानुनी राज, नागरिक सम्मान र सामाजिक स्थिरताका पक्षमा आफूहरु दृढतापूर्वक उभिने ओलीले बताए ।

प्रकाशित : ५ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६