पशुपति गिरी ।
कपिलवस्तु,०५पुस ।
वाणगंगा साहित्यिक प्रतिष्ठानको आयोजनामा साहित्यिक जागरण अभियान कार्यक्रम श्री जन ज्योति मा.वि. वाणगंगा.७ मोतिपुरमा सम्पन्न भएको छ । उक्त कार्यक्रम संस्थापक अध्यक्ष ज्यो.कृष्णप्रसाद पाण्डेको अध्यक्षयता त्यसैगरी विद्यायलयका प्राचार्य नाराण प्रसाद घिमिरेको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष पाण्डेले साहित्यिक जागरण अभियानमा संस्थाको परिचय र कार्यक्रमको औचित्यको बारेमा प्रष्ट पार्नुभएको थियो । त्यसैगरी संस्थाका निवर्तमान अध्यक्ष नित्यानन्द पाण्डेले साहित्य चिनारी सम्बन्धमा,संस्थाका सल्लाकार सुर्य प्रसाद भुषालले छन्द सम्बन्धमा र संगित,कला र संस्कृति सम्बन्धमा सल्लाकार मोहन ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो । विद्यायलयका विषयगत शिक्षकहरु देवरुपा भण्डारी ,छविलाल शर्मा, रमा भट्राई ,मोहन कडेंल,पुनम परियार लगायतको आथित्यता रहेकोे कार्यक्रममा संस्थाका अध्यक्ष पाण्ड,ेसदस्य पुनराम गिरी,आत्यराम आर्चायले कविता वाचन गर्नुभएको थियो भने विद्यार्थी छात्रा निशा सापकोटा र शिक्षक देवरुपा भण्डारीले आफनो विचार व्यक्त गर्नुभएको थियो । कृष्ण प्रसाद न्यौपानेको सञ्चालमा भएको कार्यक्रममा श्री जन ज्योति साहित्यिक बाल क्लव गठन गरेको हो जसको संरक्षक शिक्षक चुरामणि पौडेल,संयोजक किरण घर्ति क्षेत्री,सह संयोजक सन्ध्या गैरे ,सचिवमा शान्ति न्यौपाने ,कोषाध्यक्षमा निसा सापकोटा त्यसैगरी सदस्यहरुमा सपना खनाल, सुजल वि.सी ,रिजा न्यौपाने रहनु भएको छ ।
५ पुस २०७९, मंगलबार








प्रतिक्रिया