प्रदेश

पाल्पामा ट्रकले किचेर १ जनाको ज्यान गयो



बुटवल ६ पुष । पाल्पामा ट्रकले किचदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रिब्दिकोट गाउँपालिका (६ का ३० वर्षीय नर बहादुर गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाको सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।
मंगलबार पाल्पाको रिब्दिकोट गाउँपालिका – ४ बाउनडाँडा स्थित तानसेन हार्थोक सडक खण्डमा तानसेनबाट हार्थोक तर्फ जादै गरेको लु १ ख ९१३४ नम्बरको ट्रकलाई सोही दिशाबाट जादै गरेको लु ६८ प २०५ नम्बरको मोटरसाईकलले वभरट्याक गर्ने क्रममा मोटरसाईकल पछाडि सवार गाहा अचानक ट्रकको पछाडिको चक्का मुनि परेका थिए । ट्रकको पछाडिको चक्का मुनि पर्न गई चक्काले किचदा उनेको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक र ट्रक चालक जिल्ला पाल्पा तानसेन नगरपालिका(१४ का ३६ वर्षीय रेम थापा तथा मोटरसाईकल चालक जिल्ला पाल्पा रिब्दिकोट गाउँपालिका ६ का २६ वर्षीय शेर बहादुर गाहालाई प्रहरीले नियन्त्रणमा उक्त घटना सम्बन्धी थप अनुसन्धान भइ रहेको प्रवक्ता थापाले बताए ।

प्रकाशित : ६ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६