अर्थ-वाणिज्य

लुम्विनीमा साढे २ बर्षपछि बैज्ञानिक वन व्यवस्थापन कार्यको शुभारम्भ




कपिलवस्तु ७ पुस ।दुई बर्ष ६ महिना २३ दिनको लामो समय सरकारले नै रोकेको वन संवद्र्धन प्रणालीमा आधारित बैज्ञानिक वन व्यवस्थापन कार्यको शुभरम्भ भएको छ । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव डाक्टर दिपक काफ्लेले बैज्ञानिक व्यवस्थापनको व्यानर पढेर शुभारम्भ गर्नु भएको हो । जनता र सरकार बिच समन्वय गरेर लिइएको यो अबधारणालाई सफल अवधारणाको रुपमा लिईएको उहाँले बताउनु भयो । यसै अवधारणाको आधारमा रहेर नियम कानुनहरुको पालना गर्दै बन संवद्र्धन प्रणालीमा आधारित बन व्यवस्थापन गर्ने सबैको दायित्व भएको बताउनु भयो ।यस्तै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बन व्यवस्थापनको शुभारम्भलाई शुभकामना दिंदै बनलाई प्रयोग मात्र नभई उपयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
अहिलेका पुस्ताको बन पैदावारको माग र सेवालाई परिपुर्ति गर्दै भावि पुस्तालाई पनि आपुर्तिमा असर नपर्ने गरी वन व्यवस्थापन गर्ने बिषयमा स्पष्ट पार्नुभयो ।कार्यक्रममा डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले वन सम्वद्र्धन प्रणालीको बारेमा जानकारी दिंदै यस बनमा कार्ययोजना बमोजिम यस वर्ष पुनरुत्पादन कटान , थिनिङ् र पुनरुत्पादन तयारी कटान लगाएत वन सम्वद्र्धनका कार्यहरुहुने बिषयमा जानकारी दिनु भयो ।यस्तै बैज्ञानिक बन व्यवस्थापन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष रेनु सेनले बैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम २०६७÷०६८ मा कपिलवस्तु जिल्लाबाट शुरुवात भएको र ०७७ जेठ १५ गते उपभोक्ताहरुको अधिकार कटौती हुनेगरी राज्यले एक्कासी रोक लगाएको हुँदा उपभोक्ताहरुको हक अधिकारको लागि बैज्ञानिक बनको माग गर्दै आन्दोलन कपिलवस्तुबाट शुरुवात गरिएको बताउनु भयो ।
यस्तै उहाँले बिगत अढाई वर्षबाट बन व्यवस्थापनका कामहरु थप्प भएको कार्यक्रमलाई पुन यसै जिल्लाबाट नै शुभारम्भ गर्न पाउँदा यस कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्णलाई बैज्ञानिक वन महासंघको तर्फबाट र व्यक्तिगत तर्फबाट धन्यवाद सहित आभार प्रकटगर्दै आगामी दिनहरुमा पनि पूर्ण रुपमा सहयोग प्राप्त हुने छ भन्ने अपेक्षा सहित उपभोक्ताको हक अधिकार सुनिश्चित भएको पाउँदा खुशी व्यक्त गर्नुभयो ।कार्यक्रम वैजलपुर सामुदायिक बन उपभोक्ता समूहको आयोजना तथा लुम्बिनी प्रदेश सरकार बन तथा वातावरण मन्त्रालय , डिभिजन वन कार्यालय कपिलवस्तुको समन्वयमा सम्पन्न कार्यक्रममा बन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेको अध्यक्षतामा प्रदेश सचिवहरु , महाशाखा प्रमुख नारायण देव भट्टराई , डिभिजनल वन अधिकृतहरु , बैज्ञानिक वन उपभोक्ता महासंघ , साझेदारी वन महासंघ , डिभिजन बन कार्यालयका कर्मचारीहरु र बिभिन्न सरोकारवालाहरु लगाएतको सहभागिता रहेको थियो । उक्त कार्यक्रको संचालन डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खिल प्रसाद तामाङ्को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : ७ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६