कृषि

अर्घाखाँचीमा सुन्तलाको व्यापार वढ्यो, किसानमा खुसीयाली



अर्घाखाँची ७ पुस । अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपियाँको सुन्तला बिक्री भएको छ । जिल्लाको मुख्य सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिका —१ सिम्लेका पटौटी, निगाली देउराली, पोखराथोक लगायतका टोलबाट यसवर्ष सो रकम बरावरको सुन्तला बिक्री भएको हो ।
एउटा गाउँ सिम्लेबाट मात्रै पाँच करोडको सुन्तला व्यापारीले खरिद गरेका छन् । पाणिनी गाउँपालिका —१ सिम्ले गाउँका किसानले ३ लाखदेखि २८ लाख रुपियाँसम्म आम्दानी गरेका छन् । यहाँका ४९ घरका किसान व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । यहाँका कृषकले सुन्तला बेचेर जीवनस्तर सुधार गरेका छन् ।
किसान रेवतीराज पौडेलले आफ्नो बारीमा ५ सय ५५ बोट सुन्तलाबाट २ सय ५० क्विन्टलभन्दा बढी सुन्तला फलेको बताउनुभयो । यस वर्ष सुन्तला बिक्रीबाट २५ देखि २८ लाख आम्दानी हुने उहाँले बताउनुभयो । यहाँका किसानले सुन्तला बेचेर कम्तीमा ३ लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी गर्नेगरेको उहाँले बताउनुभयो ।
किसान दधिराम गौतमले बारीमा ५ सय ६५ बोट सुन्तलाबाट गत वर्ष ९ लाख रुपियाँ आम्दानी गरेको बताउनुभयो । यस वर्ष सुन्तला बढी फलेकाले १४ लाख रुपियाँ आम्दानी हुने अपेक्षा गरेको बताउनुभयो । विगतका वर्षमा यहाँ उत्पादन भएका सुन्तला प्रतिकेजी ६० रुपियाँदेखि ६५ रुपियाँमा बुटवल, तानसेन र भैरहवाको बजारमा बिक्री गर्नेगरेको उहाँले जानकारी दिनुभयो । बजारमा अहिले १ सय रुपियाँदेखि १ सय ५० रुपियाँसम्ममा सुन्तला बिक्री भइरहेको छ ।
यस वर्ष पाणिनीको पोखराथोकमा शीत भण्डार बनाएपछि किसानले शीत भण्डारमा भण्डारण गरेका छन् । अहिले मौसमी रूपमा सस्तो मूल्यमा बेच्नुभन्दा शीत भण्डारमा अर्थात् कोल्ड स्टोरमा राखेर बैमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका किसान खुसी भएको अगुवा किसान चिरञ्जीवी पौडेलले बताउनुभयो ।

प्रकाशित : ७ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६