खोज–अनुसन्धान

लुम्विनीमा भोली पानी पर्ने संभावना : काठमाडौमा आज यसवर्षको सबैभन्दा चिसो




दाङ ८ पुस । देशैभर मौसम बदली भएको छ । धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । आज पहाडी क्षेत्रको मौसम दिउँसो पनि आंशिक बदली हुने सम्भावना छ ।तराईका जिल्लामा भने आज पनि बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । तराईमा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । काठमाण्डौसहित पहाडी जिल्लामा भने हुस्सु कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । तर आज पारिलो घाम नलाग्ने मौसमविद्ले बताएका छन् ।आज दिनभरजसो मौसम आंशिक बदली रहने मौसमविद् मानन्धरले जानकारी दिएन् ।
आज काठमाण्डौमा यसवषकै चिसो छ । हिजोको तुलनामा आज काठमाण्डौको न्यूनतम तापक्रम १.३ डिग्री सेल्सियसले घटेको छ । हिजो ६ .५ डिग्री सेल्सियस रहेकोमा आज काठमाण्डौको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियसमा झरेको छ । पुस महिना लागेपछि देशभर नै चिसो बढेको छ ।यसैबीच, भोलि बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । यसपालि अहिलेसम्म हिउँदे वर्षा सुरु हुन सकेको छैन ।
तर, पश्चिमी न्यून चापीय प्रणालीको असर पर्न थालेकाले भोलि हल्का वर्षाको अनुमान गरिएको हो ।यो प्रणालीका कारण आज रातिदेखि नै चिसो अझ् बढ्ने अनुमान छ । हिमाली र उच्च पहाडी जिल्लामा आज रातिदेखि नै हिमपात हुने अनुमान छ । मौसमविद्का अनुसार पर्सि फेरि मौसममा सुधार आउने सम्भावना छ ।.

प्रकाशित : ८ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६