अन्तर्राष्ट्रिय

आईपीएलको मिनी अक्सन आज



काठमाण्डौ ८ पुस – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट सन् २०२३ को मिनी अक्सन आज हुँदैछ । भारतको कोची सहरमा १६औँ संस्करणको अक्सन नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । यो अक्सनका लागि २ सय ७३ भारतीय र १ सय ३२ विदेशी खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ ।
कुल ४ सय ५ खेलाडीबाट हरेक टोलीले धेरैमा २५ जना खेलाडी अनुबन्ध गर्न पाउने छन् । साथै ती टोलीले बढीमा ८ विदेशी खेलाडी राख्न पाउनेछन् । सनराइजर्स हैदराबाद यस पटकको अक्सनमा सर्वाधिक खर्च गर्न पाउने टोली हो । अक्सनमा हैदराबादसँग ४२ करोड २५ लाख भारतीय रुपैयाँ छ ।
आईपीएल इतिहासमा सर्वाधिक महँगो मूल्य सन् २०२१ मा राजस्थान रोयल्सले १६ करोड २५ लाख रुपैयाँ खर्चेको थियो ।

प्रकाशित : ८ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६