जीवनशैली

ब्राउन सुगरसहित कपिलवस्तुमा एक युवक पक्राउ



कपिलवस्तु ८ पुस – लागु औषध ब्राउन सुगरसहित एक युवक कपिलवस्तुबाट पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिकाबाट सोही पालिका वडा नम्बर १२ मानपुर बस्ने २२ वर्षीय दुर्गाप्रसाद खटिक पक्राउ परेका हुन ।
खटिकलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको हो । चेकजाँचको क्रममा खटिकको साथबाट लागु औषध ब्राउन सुगर खैरो हिरोईन जस्तो देखिने ४५ ग्राम लागु औषध बरामद गरिएको छ ।
कृष्णनगर नगरपालिका वडा न १२ हरिगवा स्थित लु ७६ प ३६८३ नम्बरको मोटरसाइकलमा सवार खटिकलाई प्रहरीले चेकजाँचको क्रममा गरेको हो । उनलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ८ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६