कपिलवस्तु ९ पुस । छोराको उम्मेदवारी खारेज हुन सक्ने आकलन गरेर स्वतन्त्रमा उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका पीता लालविर चँैधरीले आफ्नो पहिचान स्पष्ट पार्दै पार्टी प्रबेश गरेका छन् ।बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।सो पार्टीका संरक्षक रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नै बाबु लालवीर चौधरीलाई उम्मेदवार बनाएका थिए ।
निर्वाचनमा लालबीर शुक्रबार औपचारिकरूपमै पार्टी प्रवेश गरेका हुन् ।लालबीरले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सुरेश पन्थलाई १३६ मतान्तरले पराजित गरेका थिए । चौधरीले २६ हजार ५२० मत पाउँदा पन्थले २६ हजार ३८४ मत ल्याएर विजयी भएका थिए ।कैलालीको क्षेत्र नं १, २ र ३ मा विजयी भएको नागरिक उन्मुक्ति पार्टीको अब संसदमा चार सीट गणना हुने भएको छ ।
९ पुस २०७९, शनिबार
प्रतिक्रिया