जीवनशैली

थारू हस्तकला आधुनिक बन्न थालेपछी रुची पनी बढ्दै



कपिलवस्तु पुस । कपिलवस्तुको बुद्धभूमि–९, बक्लीपुरका सुशीला थारूले तीन वर्षअगाडि घरायसी कामकाजका लागि ढकिया बनाउनुभएको थियो। उहाँले मौनी सानो साइजको ढकिया, डेलवा बुट्टेदार ढकिया लगायत परम्परागत हस्तकलाका सामग्री बनाउँदै आउनुभएको छ। थारू समुदायमा पूजापाठ, बिहे, सुक्खा सामग्री राख्न ढकियाको प्रयोग गरिँदै आएको छ।
परम्परागत सीपलाई आधुनिकीकरण गरिएसँगै सुशीलालाई अहिले यस्ता सामग्री निर्माण गर्न भ्याइनभ्याइ छ। परम्परागत सीप प्रयोग गरी नयाँ सामग्री बनाउन लागेपछि सुशीलाको उत्पादनले बजार पाउन लागेको छ। सुशीलाले ढकियाका साथै ६० भन्दा धेरै प्रकारका सामग्री बनाउँदै आउनुभएको छ। ती सामग्री स्थानीय बजार, बुटवल, पोखरा, काठमाडौँलगायतका सहरमा माग भएको उहाँ बताउनुहुन्छ।
अहिले उहाँले पेन स्ट्यान्ड, डस्टबिन, फूलदानी, फलफूलदानी, पूजा गर्दा बस्ने गोलो म्याट, गलैँचा, रोटी राख्ने हटकेस, पूजा गर्ने थाली, पैसा राख्ने खुत्रुके, भिर्ने ब्याग, टोपीलगायतका सामग्री बनाउँदै आउनुभएको छ। “अहिले काठमाडौँबाट धेरै माग आएको छ,” उहाँले भन्नुभयो।
जाडोको समय भएकाले भुइँमा बिछ्याउने गलैँचाको माग रहेको बक्लीपुरकी भगवती थारूले बताउनुभयो। भगवतीलगायत गाउँका १५ घरपरिवारले फुर्सदको समयमा यस्ता सामग्री बनाउँदै आउनुभएको छ। निर्माण भएका सामग्री पाँच सयदेखि ३५ सय रुपियाँसम्ममा बिक्री हुने बताइएको छ।
माग बढेसँगै सुशीलाले स्थानीय युवतीलाई परम्परागत र नयाँ सामग्री बनाउन सीप सिकाउँदै आउनुभएको छ। सामग्री बिक्री गर्न बुद्धभूमि नगरपालिका, किर्डाक नेपाल र समुदायको लगानीमा कोसेलीघरसमेत निर्माण गरिएको छ। यस्ता सामग्रीमा काँस, मुजा ९घाँस० र बुट्टेदार बनाउन सिपी, मोती र ऊन प्रयोग गरिने वाणगङ्गा नगरपालिकाका सञ्चारकर्मी सरिता थारू बताउनुहुन्छ।

प्रकाशित : ९ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६