जीवनशैली

समाजसेवी महताराले वितरण गरे न्यानो कपडा, बिध्यार्थी खुसी



तुलसीपुर ९ पुष दाङ तुलसीपुर निवासी समाजसेवी तथा सामाजिक अभियन्ता टोप बहादुर महताराको दम्पतीले बालबालिकाहरुका लागी न्यानो कपडा वितरण गरेका छन् । शुक्रबार तुलसीपुर – १० मा अवस्थित प्रावी गौरीगाउँमा अध्ययनरत ५० जना भन्दा बढी बालबालिकाहरुलाई महतारा र उहाँकी धर्मपत्नी गिता विष्ट महताराले एक औपचारिक कार्यक्रमला बिच स्विटर वितरण गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कृष्णी कुमारी चौधरीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका वडा नं। – १० का कार्यवाहक वडा अध्यक्ष ज्ञान बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै समाजसेवी महताराले गरिबिकै कारण जाडो याममा न्यानो कपडा लगाउन नसकेका बालबालिकाहरुलाई मध्यनजर गर्दै स्विटर वितरण गरेको बताए ।
आफ्नो कमाई बाट बचाएको केही रकमले सहयोग गर्ने मनसाय बनाएको उनले बताए । त्यस्तै कार्यक्रममा बोल्दै महताराकी धर्मपत्नी विष्टले आफुहरुले विगतदेखि नै समाजमा विभिन्न सहयोगहरु गर्दै आएको बताउँदै यस पटक बालबालिकाहरुलाई चिसो बाट बचाउन न्यानो कपडा वितरण गरेको जानकर दिईन । कार्यक्रममा प्रमुख अतिथी खड्काले महताराको सामाजिक कामको प्रशंशा गर्दै यो कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
एक अर्काको साथ सहयोगले समाज परिवर्तन गर्न सकिने भन्दै वडाको तर्फबाट हुनसक्ने सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा पत्रकार आशिष केसीले कसैको सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन आउने भन्दै सहयोगी भावनाको विकास हुन आवश्यक रहेको बताए । त्यस्तै उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबै जिम्मेवार बन्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालयकी शिक्षिका जानका गुरुङले चिसोमा न्यानो कपडाको अभावकै कारण विपन्न बालबालिका नियमित विद्यालय आउन नसकेको बताउँदै त्यस्ता बालबालिकाका लागि ठूलो राहत भएको बताईन । साथै उनले बालबालिकाहरुको सिकाई स्तर वृद्धि गर्न अभिभावकले पनि ध्यान दिनुपर्ने बताईन । न्यानो कपडा पाउदा विद्यार्थी एवं अभिभावक खुसी भएका थिए । कार्यक्रमको संचालण विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रकाश गिरीले गरेका थिए । महतारा दम्पतीले यस अघी पनि विभिन्न सामाजिक कामहरु गर्दै आएका छन् ।

प्रकाशित : ९ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६