अन्तर्राष्ट्रिय

लुम्विनी विकास कोषको ठोस निर्णय : गुरु योजना विनाका काममा कडा रोक




भैरहवा १० पुस । लुम्बिनी विकास कोषले गुरुयोजनामा उल्लेख भएअनुसार बाहेकका संरचना गुरुयोजना क्षेत्रभित्र निर्माण गर्न नदिने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको कोषको बैठकले व्यावसायिक तथा व्यक्तिगत स्वार्थ पूर्ति हुने कुनै संरचना गुरुयोजना क्षेत्रभित्र बन्न नदिने निर्णय गरेको हो। बौद्धमार्गीको आस्थाको धरोहर लुम्बिनीको महत्त्वपूर्ण जग्गा व्यक्तिगत तथा व्यावसायिक स्वार्थ पूर्तिका लागि प्रयोग नहोस् भनेर यस्तो निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए।
बिहार, मन्दिर, गुम्बा र चैत्य निर्माण हुने जग्गामा निर्धारित समयमा सम्पन्न नहुनुका कारण खोजी छिटो सम्पन्न गर्ने वा जग्गा फिर्ता गर्ने गरी नियमित गरिनेछ। सन् १९७८ मा जापनिज वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजना अन्तिम चरणमा छ। गुरुयोजनाको कामका अतिरिक्त लुम्बिनी र आसपासका बौद्धस्थल समेटेर ‘ग्रेटर लुम्बिनी’को अवधारणा पनि अगाडि बढाइएको छ। लुम्बिनी गुरुयोजना उत्तर–दक्षिण पाँच वर्ग माइल क्षेत्रमा फैलिएको छ। जसमा पुरातात्विक क्षेत्र पवित्र उद्यान, अन्तर्राष्ट्रिय बौद्ध बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँ गरी तीन क्षेत्रमा विभाजन गरिएको छ।मुलुककै पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनीमा गुरुयोजना विपरित काम गर्न नहुने मन्त्री श्रेष्ठले बताए। कोषले यसअघि लुम्बिनी गुरुयोजनाभित्रको जग्गालाई कानुनविपरीत भाडामा दिन भएका निर्णय खारेज गरिदिएको थियो।

प्रकाशित : १० पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६