प्रदेश

बुद्ध एयरका संस्थापक बस्नेतको निधन



काठमाडौं, १० पुस । बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । उनको आज बिहान ९५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बतायो ।

भोजपुरको दिंगलास्थित साल्मामा विक्रम संवत् १९८४ सालमा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए र एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर काम गरेका थिए ।

उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत बनेका थिए । उनी कानुन तथा न्याय, शिक्षा मन्त्री (२०२४) र अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५) पनि भएका थिए ।

७० वर्षको उमेरमा उनले बुद्ध एयर स्थापना गरेका थिए । हाल बुद्ध एयरको प्रबन्ध निर्देशकका रुपमा उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले सम्हालिरहेका छन् । बस्नेतका २ छोरा र १ छोरी छन् ।

प्रकाशित : १० पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६