प्रदेश

रास्वपालाई समेटेर यही गठबन्धनलाई अघि बढाऔंः विश्वप्रकाश शर्मा




काठमाडौं, १० पुस ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि समेटेर अहिलेकै गठबन्धन अघि बढाउनुपर्ने बताएका छन्।

प्रतिनिधि सभामा रवि लामिछाने नेतृत्वको रास्वपाबाट २० सांसद छन्। कसैसँग पनि बहुमत नभएकोले सरकार बनाउन गठबन्धन गर्नुपरेको शर्माको भनाइ छ।

शर्माले लचकता, सहकार्य र विश्वासलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताए। सत्ता गठबन्धनका दलबीच नेपाली कांग्रेस २ वर्ष, माओवादी २ वर्ष र नेकपा एकीकृत समाजवादी १ वर्ष प्रधानमन्त्री हुने गरी समझदारीमा पुगेका थिए।

यो समझदारीमा परिपक्कता रहेको तर इमान्दार र कार्यान्वयनका लागि पारदर्शी उत्तिकै जरूरी रहेको शर्मा बताउँछन्।

‘गठबन्धन टुट्नु हुन्न। रास्वपा गाँसेर जानुपर्छ,’ शर्माले ट्वीट गर्दै भनेका छन्, ‘सत्तामा अनुभवि र नयाँको संयोजन गर्दै राज्यको डेलिभरी क्षमता वृद्धिमा टिम स्परिट हुनुपर्छ।’

प्रकाशित : १० पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६