प्रदेश

माओवादी नेताहरूलाई प्रचण्डको ब्रिफिङः कांग्रेसले गठबन्धन टुटायो



काठमाण्डौं, १० पुस ।
सरकार निर्माणका लागि सत्तारुढ गठबन्धनबीच भएको निर्णायक छलफल पनि बिना कुनै सहमति टुंगिएको छ । कांग्रेससँग छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटारमा पुगेका थिए ।

आजको बैठकमा पनि कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफ्नो पार्टीले नै पाउनुपर्ने अडान दोहोर्‍याएको थियो । ‘अर्को प्रस्ताव हामीले पार्टीको कार्यसमितिबाट पारित गर्नुपर्ने हुन्छ । त्यो अहिले सम्भव छैन । त्यसैले हामीलाई समर्थन गर्नुहोला,’ बैठकमा कांग्रेसले प्रस्ताव गरेको प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले बताए ।

कांग्रेसले आफ्नो अडान परिवर्तन नगरेपछि प्रचण्डसहित नेपाल र झलनाथ बालुवाटारबाट बाहिरिएका छन् । बालुवाटारबाट बाहिरिँदै गर्दा प्रचण्डले माओवादी नेताहरूलाई बैठकबारे ब्रिफिङ गरेका थिए । ‘कांग्रेसले गठबन्धन टुटायो भन्ने अध्यक्षको भनाई थियो,’ ती नेताले बताए । रातोपाटी साभार

प्रकाशित : १० पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६