कपिलवस्तु, १० पुस ।
नेकपा(एमाले) पोलिटब्यूरो सदस्य एवम्. राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना पुरा गर्न राष्ट्रलाई एमालेले नेतृत्वदायी भूमिका गर्न बताउनु भएको छ । राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले मंसिर ४ को प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीले प्राप्त गरेको लोकप्रिय मतबाट जनताको आशा र भरोसा एमाले प्रति रहेको स्पष्ट भएको जिकिर गर्नु भयो ।
नेता घिमिरेले जिल्लाको समग्र विकास प्रति एमालेले आफ्नो स्पष्ट दृष्ट्रिकोण तयार पारेको चर्चा गर्दै जिल्लाको विकासमा केन्द्रको उचित ध्यान केन्द्रित गर्ने बताउनु भयो । नेता घिमिरेले एमाले कपिलवस्तुको जिल्ला निर्वाचन परिचालन कमिटीको वैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य, कृषि, तथा पशु पंक्षि विभाग प्रमुम एवम् प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले नेपाली जनताले वामपन्थीबाट गरेको आशा र भरोसालाई नेकपा एमालेले पुरा गर्ने बताउनु भयो ।

त्यस्तै एमाले केन्द्रिय कमिटी सदस्य,कपिलवस्तु इन्चार्ज एवम् निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले पार्टीलाई फलामे अनुशासनबाट अघि बढाउन आवश्यक रहेको चर्चा गर्नु भयो । प्रतिनिधी सभा सदस्य अधिकारीले. एमाले प्रति नेपाली जनता आशावादी रहेको चर्चा गर्दै जनताको चाहना पुरा गर्नका निम्ति नयाँ बन्ने सरकारको मन्त्रीमण्डलमा कपिलवस्तुले भूमिका पाउनेमा विश्वास ब्यक्त गर्नु भयो ।
वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य एवम् प्रतिनिधी सभा सदस्य सराज अहमद फारुकीले आगामी चुनौतीलाई अवसरमा रुपान्तरण गर्ने धारणा राख्नु भयो । वैठकमा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले लुम्बिनी प्रदेश भित्र कपिलवस्तु जिल्लाले प्राप्त गरेको जनमत निकै उत्साहजनक रहेको चर्चा गर्नु भयो ।
वैठकमा एमाले नेता तथा प्रतिनिधी सभा सदस्य अमृता अग्रहरी, एमाले नेता भानु प्रकाश श्रेष्ठ, नेकपा (एमाले) केन्द्रिय सल्लाहकार रामलाल काफ्ले, प्रदेश १ को २ का प्रदेश सभा सदस्य मधुसुधन शरण चौधरी लगायतले मन्तब्य राख्नु भएको थियो ।

सोही वैठकले नेकपा (एमाले) कपिलवस्तु जिल्लाबाट निर्वाचित प्रतिनिधी सभा तथा प्रदेश सभामा निर्वाचित प्रतिनिधीलाई सम्मान पत्रद्धारा सम्मान ब्यक्त गर्दै बधाई ज्ञापन गरेको छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा एमाले जिल्ला अध्यक्ष एवम् जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक डम्मर शर्माद्धारा वैठकमा प्रस्तुत समिक्षात्मक प्रतिवेदन वैठकले अनुमोदन गरेको छ । संयोजक शर्माद्धारा प्रस्तुत प्रतिवेदनमा मुख्य गरी कपिलवस्तु जिल्लामा एमालेलाई पहिलो पार्टीका रुपमा स्थापित गर्न सफल हुनु, जिल्लामा २ तिहाई सिटमा विजयी हासिल गर्नु, क्षेत्र नं. १ मा ठूलो मतान्तरका साथ सत्ता गठबन्धनलाई क्लिन स्वीप गर्न सफल हुनु, पाँच दलिय सत्ता गठबन्धनको मोचाबन्दी गर्दा समेत एमाले नेता कार्यकर्तामा अभुतपूर्व उत्साह देखा पर्नु , पार्टी भित्र गुटगत अन्तरविरोध देखा नपर्नु जस्ता विषयलाई उपलब्धीका रुपमा प्रतिवेदनमा समावेश गरिएको छ ।
वैठकमा निर्वाचन क्षेत्र नं. १ को समिक्षात्मक प्रतिवेदन संयोजक एवम् जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारु र निर्वाचन क्षेत्र नं. २ को समिक्षात्मक प्रतिवेदन एमाले लुम्बिनी सचिवालय सदस्य एवम निर्वाचन परिचालन कमिटीका संयोजक झविलाल पोख्रेलले प्रस्तुत गर्नु भएको थियो ।

वैठक एमाले जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुको स्वागत मन्तब्य र जिल्ला उपसचिव शुसिला दरलामीको संचालनमा सम्पन्न वैठकमा एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथी., एमाले नेताहरु साधुराम खनाल, काशिराम बेल्बासे, शान्तिदेवी चमार, कृष्ण प्रसाद पौडेल, जंजिर प्रसाद चौधरी, प्रभा पौडेल, द्रोणराज सुवेदी, बाबुराम आचार्य, चक्रपाणी अर्याल, बाबुराम खनाल, मोहम्मद मुस्ताफा, ,धर्म भुसाल, हिरालाल पौडेल, मेराज खाँ, प्रदेश सभा सदस्य नवराज लामिछाने आजाह अहमद दर्जी, शुर्य कुमारी शाही, लगायतका नेताहरुको आतिथ्यतामा सम्पन्न भएको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।








प्रतिक्रिया