जीवनशैली

गुल्मीका युवाहरुले देखाउँदै रोजगारी हरेक दिन नयाँ मान्छेको नयाँ कुरा आउँदै



तम्घास ११ पुस । करिब नौ वर्ष कतारको बसाइपश्चात् गुल्मीका एक युवाले गाउँमै आएर बाख्रापालन गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ का ३९ वर्षीय नारायणप्रसाद पन्तले अहिले जमुनापार, खरी जातका ३८ वटा बाख्रासँगै व्यावसायिक घाँस खेती गरेर वार्षिक १५ लाखजति आम्दानी गर्न थालेको बताउनुभएको छ ।
कतारमा नौ वर्ष रेस्टुराँमा काम गर्नुभएका पन्तले विदेशमा भन्दा स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले नेपाल आएर बाख्रापालनमा लागेको बताउनुभयो । सुरुमा १५ लाख रुपियाँ लगानी गरेर बाख्रापालन सुरु गर्नुभएका पन्तले छत्रदेवी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी व्यावसायिक रूपमा नै घाँस र बाख्रापालन गर्नुभएको हो । विगत दुई वर्षअघिदेखि फार्म सञ्चालनमा ल्याउनुभएका पन्तले अहिलेसम्म ६५ लाख रुपियाँ लगानी पु¥याउनुभएको छ । आफू र श्रीमती दुवै जनाले नेपालमै काम गरेर वार्षिक १५ लाख आम्दानी गर्दा खुसी रहेको पन्तले बताउनुभयो । ऊर्जावान् समय विदेशमा खर्चिनुभन्दा स्वदेशको माटोमै काम गरे सुन फल्ने विश्वाससहित युवाहरूलाई स्वदेशमा नै व्यावसायिक कृषि र पशुपालनमा लाग्न उहाँको सुझाव छ । श्रीमान्सँगै नेपालमै सँगै बसेर कृषिकर्म गर्न पाउँदा आफू सन्तुष्ट रहेको पन्तकी श्रीमती पार्वती थापा पन्तले बताउनुभयो ।
फार्मले गाउँपालिकाबाट दुई लाख, कृषि ज्ञान केन्द्रबाट एक लाख र भेटेरिनरी कार्यालय गुल्मीबाट एक लाख रुपियाँ नगद अनुदान पाउनुभएको छ । पन्त दम्पतीले केन्द्र, प्रदेश र स्थानीय सरकारले बोयर जातका बाख्रा र काम गर्नेलाई तालिमसँगै अनुदानको व्यवस्था गरिदिए अझै राम्रो हुने बताउनुभयो ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले काम गर्ने कृषकको साथमा आफूहरू सधैँ रहेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले युवालाई स्वदेशमै कृषि र पशुपालनका माध्यमबाट राम्रो आम्दानी गर्ने गरी दीर्घकालीन रूपमा टिकाइराख्ने गरी योजना बनाएको बताउनुभयो ।

प्रकाशित : ११ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६