प्रदेश

उद्योगी व्यवसायीद्वारा आन्दोलनको घोषणा



भैरहवा ११ पुष । बैंक तथा बित्तिय संस्थाले उद्योगी ब्यवसायीमाथी ज्यादती गरेको निष्कर्ष निकाल्दै यहाका उद्योगी तथा ब्यवसायीले बैंकहरु सच्चिन आग्रह गरेका छन् । बैंक ज्यादती बढ्दै गएको बताउदै उनिहरुले आन्दोलन गर्ने निर्णय गरेका छन् ।
सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाको अगुवाईमा भैरहवामा भएको छलफल कार्यक्रममा उद्योगी ब्यवसायीहरुले आन्दोलनमा जाने निर्णय गरेको संघका अध्यक्ष भिष्म न्यौपानेले बताए । यद्दपी आन्दोलन कहिले देखी गर्ने र आन्दोलनको स्वरुप कस्तो हुने बिषयमा अहिले नै निर्णय नभएको उनले बताए ।
भैरहवामा भएको छलफलमा वर्तमान अवश्थामा साना ब्यपारी मात्र नभई ठूलो लगानी गरेका उद्योगीहरु पनि संकटमा रहेको ब्यवसायीहरुको भनाई थियो । चालु पूंजि कर्जा निर्देशिकाको आँडमा बैंकहरुको ज्यादती बढ्दै जादा यसको असर समग्र अर्थतन्त्रमा परेको नेपाल उद्योग बाणिज्य महासंघका सदस्य राजेश कुमार अग्रवालले बताए । बैंकले ब्याज बढाउदा मानिसको क्रय शक्ति र बस्तुको माग समेत घटदै गएको उनले बताए ।
अहिले बैंकहरुमा ब्याजको अस्वस्थ प्रतिष्प्रर्धा बढदै गएको बताउदै उनले भविष्यमा यसले बैंकहरु पनि अहिलेको सहकारी संस्थाको हालतमा पुग्ने दावी गरे ।
भैरहवाका ब्यवसायीहरु यस अघि पनि बैंकहरुले आफुखुशी ब्याज बढाएको र अर्थतन्त्र चलायमान नरहेको अवश्थामा पुस महिनाको ब्याज र सावा समेत तिर्न नसक्ने घोषणा गरेका छन् । ब्यवसायीहरुले कर्जालाई रि–सेड्युल गर्न पनि आवाज उठाउदै आएका छन् । सरकारले ब्यवसायीहरुबाट लिएको करको समेत सदुपयोग गर्न नसकेको आरोप लगाएका छन् । सरकारले पूंजिगत खर्च गर्न नसक्दा समेत अहिलेको अवश्था आएको महासंघका अर्का सदस्य महेन्द्र कुमार श्रेष्ठको भनाई छ । उनले अहिलेको यो अवश्थाको दोषी उद्योगी ब्यवसायी, सरकार, केन्द्रिय बैंक सबै भएको जिकिर गरे । त्यसकारण अब कस्तो प्रकारको आन्दोलन र कसको बिरुद्ध आन्दोलन गर्नुपर्ने हो त्यो बिषयमा स्पष्ट हुन उनले आग्रह गरे ।
उद्योग बाणिज्य महासंघ, लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्माले आन्दोलनको नेतृत्व प्रदेश समितिले गर्न तयार रहेको बताए । उनले यो समस्या भैरहवाका ब्यवसायीको मात्र नभई देशकै समस्या रहेकोले यसको निराकरणको लागि प्रदेश समितिले अगुवाई गर्ने बताए । सरकारको नितिका कारण वर्तमान अवश्थामा लुम्बिनी प्रदेशमा उद्योग तथा ब्यवसायहरु बन्द भई रहेको बताउदै उनले यो अवश्थामा बैंक ब्याज र किस्ता तिर्न नसकिने बताए ।

प्रकाशित : ११ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६