प्रदेश

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने, मन्त्रालय टुङ्गो लाग्न बाँकी



काठमाण्डौ, ११ पुस । नेकपा माओवादी केन्द्र का तर्फबाट पहिलो चरणमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्नुहुने भएको छ । पार्टीको आज बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । तर मन्त्रालय टुङ्गो लाग्न भने बाँकी छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीका तर्फबाट पहिलो चरणको मन्त्रीमण्डलमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानमन्त्री बन्ने निर्णय भएको बताउनु भयो । उहाँले कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै छोड्न तयार नभएपछि विकल्प खोज्नुपरेको बताउनु भयो । उपाध्यक्ष महराले बैठकमा समसामयिक परिस्थितिको पनि छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी हिजो १२ बजेसम्म प्रयास गरिरहेका थियौँ । त्यो बेलासम्म पनि हामीलाई पहिला अवसर नदिने भएपछि हामी अर्को गठबन्धन बनाएका हौँ । राष्ट्रपति पनि नदिने र प्रधानमन्त्री पनि नदिने भनेपछि हामी अर्को वकल्पमा गएका हौँ । अर्कोतिर समझदारी भएर प्रधानमन्त्री हामीले प्राप्त गर्यौं । हामीले धैर्यताका साथ कुरेका थियौँ तर अडान नछोडेपछि हामीले विकल्प खोजेका छौँ । यसमा कुनै अनौठो मान्नुपर्दैन । आज ४ बजेको शपथपछि सानो मन्त्रिपरिषद् बन्छ । हाम्रो पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पहिलो चरणमा मन्त्री बन्नुहुन्छ ।’ उपाध्यक्ष महराले ४ बजे प्रधानमन्त्रीको शपथ ग्रहण पछि आज नै सानो मन्त्रिपरिषद् गठन हुने पनि बताउनु भयो ।

प्रकाशित : ११ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६