प्रदेश

प्रचण्ड प्रधानमन्त्री बनेपछि चितवन जिल्लावासी हर्षित



चितवन, ११ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन्।

गृहजिल्ला चितवन भएका दाहाललाई आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । अघिल्लो कार्यकालमा चितवनबाट चुनाव जित्नु भएका उहाँले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गर्नुभएको थियो । ती योजनाले अब पूर्णता पाउने र नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् ।

भरतपुर महानगरपालिका मेयर रेनु दाहालका अनुसार प्रधानमन्त्री नहुँदा पनि ‘प्रचण्ड’को क्षेत्र र महानगर पूरै भागमा गएको पाँच वर्षमा ४० अर्ब रुपैयाँभन्दा बढीका योजना परेका थिए । ती सबै योजनामा मुख्य भूमिका प्रधामन्त्री दाहालकै थियो । चितवन क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाको आधाभन्दा बढी भाग र माडी नगरपालिका पूरै पर्दछ ।

आफूले चुनाव जितेको क्षेत्रमा अरु धेरै विकासका काम गर्ने उहाँका कतिपय योजना अधुरै छन् । गोरखाबाट चुनाव जिते पनि प्रधामन्त्री दाहाल चितवनको अभिभावक भएकाले विगतमाझैँ जिल्लाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका रहने नगरकी मेयर दाहालले बताउनुभयो ।

आफू गोरखाबाट निर्वाचित भइसकेपछि यहाँ आएको बेला प्रधानमन्त्री दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा र गृह जिल्ला चितवन पनि भएको भन्दै यहाँको विकासमा चासो दिँदै आउनु भएको थियो । नगरकी मेयर दाहालले भन्नुभयो,ुप्रचण्ड’ चितवनको अभिभावक हो, जनप्रतिनिधि हुँदा पनि नहुँदा पनि उत्तिकै दायित्व उहाँसँग छ । समग्र महानगरसँगै चितवनको विकासमा उहाँको भूमिका रहन्छ ।ु

चितवन उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका कांग्रेस नेता राजन गौतमले उहाँ प्रधानमन्त्री हुँदा चितवनले विकासको अवसर पाउने बताउनुभयो । जिल्लाकै जनप्रतिनिधि बनाउनु पर्नेमा चितवन चुकेको भन्दै उहाँले गोरखाबाट जिते पनि गृहजिल्ला चितवन भएकाले यहाँको विकासमा प्रधानमन्त्री दाहालको भूमिका रहने उल्लेख गर्नुभयो ।

जिल्लामा रहेको उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेलले प्रधानमन्त्री दाहाल यसअघि यहाँको जनप्रतिनिधि भएका बखत पनि २० वर्षमा हुने विकास पाँचौँ वर्षमा भएकाले र आउँदो समयमा पनि जिल्लामा विकासको लहर आउने बताउनुभयो । चितवनको विकासलाई देशैभर नयाँ नमुनाका रुपमा प्रस्तुत गर्न सकिने उहाँको भनाइ थियो ।

नेकपा (एमाले) का नेता विजय सुवेदीले चितवनवासीका लागि यो समय महत्त्वपूर्ण अवसर भएको बताउनुभयो । यसअघि पनि प्रधानमन्त्री दाहालले ठूला योजना ल्याउनुभएको स्मरण गर्दै उहाँले त्यतिबेला गर्न नभ्याएका आयोजनाले अब पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । नारायणी तटबन्धजस्ता ठूला आयोजना उहाँले नल्याएको भए आउने थिएन भन्दै नेता सुवेदीले जिल्लावासीले यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

विकासका लागि पूँजी र साधनस्रोत आवश्यक पर्ने भएकाले त्यसलाई जोड्न उहाँ प्रधानमन्त्री भएपछि अझै सहज भएको बताउनुभयो । प्रधानमन्त्री दाहालको शिवनगरमा स्थायी घर छ । रासस

प्रकाशित : ११ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६