अर्थ-वाणिज्य

देउवाको अदुरदर्शीताले मुख मै आएको अवसर गुमेको लुम्विनी कांग्रेसको ठहर




रुपन्देही ११ पुस । नेपाली कांग्रेस लुम्बिनीले आफ्नै पार्टीको नेतृत्वको अदुरदर्शिताका कारण पार्टीले पाउनै लागेको विशेष जिम्मेवारीबाट बन्चित हुनुपरेको निष्कर्ष निकालेको छ ।बदलिँदो राजनीतिक समीकरणबारे छलफल गर्न बोलाइएको पार्टीको प्रदेश कार्य सम्पादन समितिको बैठकले यस्तो निचोड निकालेको प्रदेश सभापति अमरसिंह पुनले जनाएका छन् । बुटवलस्थित प्रदेश कार्यालयमा बसेको बैठकले कांग्रेस नेतृत्वको अदुरदर्शीताका कारण पार्टी राष्ट्रको बागडोर सम्हाल्ने अवसरबाट बन्चित भएको निचोड निकालिएको हो ।प्रदेश सभापति पुनले जनताको दिएको म्यान्डेट र भावना बमोजिम अहिले नेतृत्व चल्न नसकेको बताएका छन् ।
अहिलेको सरकार जनादेश विपरीत बनेको र यसले नागरिकको आकांक्षा पूरा गर्न नसक्ने पनि उनले दाबी गरेका छन् ।बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरी महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको संसदीय दलको विधान निर्माण उपसमिति बनाएको छ । प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति पनि निर्माण गरेको छ । संसदीय दलको निर्वाचन शपथ ग्रहणलगतै तय हुने लुम्बिनी कांग्रेसले जनाएको छ ।

प्रकाशित : ११ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६