अर्थ-वाणिज्य

अपाङगताको आवश्यकता बुझेर अवसरमा साझेदार बनाउने मेयर अर्यालको अठोट




पार्वती पाण्डे
कपिलवस्तु ११ पुस ।अपाङगताको आवश्यकता बुझेर अवसरमा साझेदार बनाउने बाणगंगाका मेयर चक्रपाणी अर्यालले अठोट ब्यक्त गर्नु भएको छ । लुम्बिनी अपांगता विकास केन्द्र कपिलवस्तुको आयोजनामा दृष्टिविहिनका लागि गमनशिलता तथा कानुनी सचेतना सम्बन्धि ५ दिने तालिमको सोमवार गजेहडामा समापन गर्दै मेयर अर्यालले दृष्टिविहिन भएका व्यक्तिहरुलाई नगरले विभिन्न अवसर प्रदान गर्ने बताउनु भयो । विभिन्न प्रकारबाट अपांगता भएका व्यक्तिहरुलाई उनीहरुको आवश्यकता र क्षमता अनुसार कायक्रम ल्याइने बताउनु भयो । नगरभित्र हुने अब बन्ने हरेक सरकारी सम्रचनाहरु अपांगमैत्री बनाइने समेत उहाँले जनाउनु भयो।
अपांगता भएर विभिन्न समस्या भोग्नु भएका वा आवश्यकता पहिचान गर्नु भएका व्यक्तिहरु नगरमा आएर आफ्ना कुरा सिधै मेयर सँग राख्न समेत मेयर अर्यालले अनुरोध गर्नु भएको छ । कार्यक्रममा बोल्दै नगरका उपमेयर रिता कुमारी चौधरीले अपांग भएका व्यक्तिहरुलाई नगरपालिकाले विशेष प्राथमिकताका अवसर प्रदान गरिने बताउनु भयो । उनीहरुको समस्या र आवश्यकता अनुसार नगरले विभिन्न सिपमुलक कार्यक्रमहरु प्रदान गर्ने उहाँले बताउनु भयो ।
५ दिन सम्म चलेको तालिममा राष्ट्रिय अपांग महासंघका अनुशासन समितिका संयोजक देवीवहादुर पोख्रेल, मञ्जु घिमिरेले प्रशिक्षण दिनु भएको थियो । संस्थाका अध्यक्ष ओरीराम चौरासीयाको अध्यक्षता , उपाध्यक्ष सुचिता श्रीवास्तवको सञ्चालन , सचिव शिवानन्द वर्माको स्वागतमा भएको कार्यक्रममा राष्ट्रिय वुद्ध दर्पण दैनिकका सम्पादक पार्वती पाण्डे , दृष्टिविहिन अजय गिरी , सन्दीप घिमिरे , विन्द्र अर्याल लगायतले अपांगता भएका व्यक्तिहरुलाई सिप र अवसरको आवश्यकता रहेको औल्याउनु भएको थियो । तालिममा नगरभित्रका २१ जना दृष्टिविहिनहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : ११ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६