प्रदेश

स्ववियु चुनाव गर्न विद्यार्थी संगठनहरू सहमत, फागुन २८ मा चुनाव प्रस्ताव



काठमाडौं, १२ पुस । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को चुनाव गर्न त्रिविले तयारी थालेको छ । त्रिविले २० विद्यार्थी संगठनसँग सोमबार चुनावको मितिबारे छलफल गरेको हो ।

स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठन सहमत छन् तर मिति घोषणा हुन बाँकी छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले फागुन २८ मा चुनाव गर्न प्रस्ताव गरेको बताए ।

त्रिवि कार्यकारी परिषद्ले स्ववियु चुनावको मिति तोक्ने सहमति जुटेको छ। त्रिवि क्याम्पसमा २०६५ देखि स्ववियु चुनाव भएको छैन ।

स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ। अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले सबै सङ्गठन स्ववियु निर्वाचनमा एकमत रहेकाले निर्वाचनको मिति तोक्न त्रिविलाई आग्रह गरिएको बताइन् ।

अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले पनि चुनावको मिति तोक्नेबारे छलफल भएको बताइन्। ‘त्रिविले ल्याएको फागुन २८ को प्रस्ताव र फागुन १४ वा चैत १४ मध्ये एक दिन चुनाव गर्ने गरी छलफल भएको छ,’ उनले भनिन् ।
त्रिविले परीक्षा र भर्नालाई असर नपर्ने गरी फागुन २८ गते चुनाव गर्न उपयुक्त हुने बताएको छ।

प्रकाशित : १२ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६