ब्रेकिंग न्युज

साहित्यिक जागरण अभियान कार्यक्रम वाणगंगा मा.वि. मा सम्पन्न



पशुपति गिरी ।
कपिलवस्तु,१२पुस ।
वाणगंगा साहित्यिक प्रतिष्ठानको आयोजनामा साहित्यिक जागरण अभियान कार्यक्रम श्री वाणगंगा मा।वि। सिद्धिपुर गजेडामा सम्पन्न भएको छ । सो कार्यक्रम संस्थाका अध्यक्ष ज्यो।कृष्णप्रसाद पाण्डेको अध्यक्षयता त्यसैगरी विद्यायलयका प्राचार्य श्री रामप्रसाद भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष पाण्डेले साहित्यिक जागरण अभियानमा संस्थाको परिचय र कार्यक्रमको औचित्य र लोक छन्दको बारेमा प्रष्ट पार्नुभएको थियो ।

त्यसैगरी संस्थाका निवर्तमान अध्यक्ष नित्यानन्द पाण्डेले साहित्य चिनारी सम्बन्धमा,संस्थाका सल्लाकार सुर्य प्रसाद भुषालले छन्द सम्बन्धमा र संगित,कला र संस्कृति सम्बन्धमा सल्लाकार मोहन ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो । विद्यायलयका विषयगत शिक्षकहरु ज्ञानराज अर्याल,राम प्रसाद भुषाल,गंगादेवी न्यौपाने,सुमित्रा मरासिनी,लक्ष्मी कडेल,रुपादेवी गैरे र माया खनाल लगायतको आथित्यता रहेकोे कार्यक्रममा संस्थाका अध्यक्ष पाण्डले कविता वाचन गर्नुभएको थियो । कृष्ण प्रसाद न्यौपानेको सञ्चालमा भएको कार्यक्रममा श्री वाणगंगा माध्यमिक साहित्यिक बाल क्लव गठन गरेको हो जसको संरक्षक शिक्षक ज्ञानराज अर्याल,संयोजक श्री सुवोध ज्ञवाली,सह संयोजक हार्षिक न्यौपाने ,सचिवमा सन्दिप भट्राई ,कोषाध्यक्षमा सुमिना मरासिनी त्यसैगरी सदस्यहरुमा समिस खनाल, एन्जिला न्यौपाने ,सीता खत्री रहनु भएको छ ।

प्रकाशित : १२ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६