अर्थ-वाणिज्य

बैंकको ज्यादती बिरुद्ध उद्योगी कडा रुपमा आन्दोलित




वुटवल १२ पुस ।बैंक तथा बित्तिय संस्थाले उद्योगी ब्यवसायीमाथी ज्यादती गरेको निष्कर्ष निकाल्दै यहाका उद्योगी तथा ब्यवसायीहरु आन्दोलित भएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघ र उद्योग ब्यपार संगठन रुपन्देहीको संयुक्त आन्दोलनमा ब्यवसायीहरु शान्तीपूर्ण आन्दोलनमा उत्रिएका छन्। आन्दोलनको पहिलो दिन नेपाल राष्ट्र बैंक अगाडी ब्यवसायीहरुले धर्ना दिदै बैंकको ज्यादतीमा परि कुनै ब्यवसायीले आत्महत्या गर्नुपरे भूत बनेर बैंकर्सहरुलाई तर्साउने चेतावनी दिएका छन् ।सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव बिजय पाण्डेले बैंकको यातना बढ्दै गएको आरोप लगाउदै ब्यवसायीहरु आत्महत्या गर्ने मनस्थितिमा पुगेको बताए । बैंकका कर्मचारी ब्याज र सावा भन्दै घरमै आउने गरेको बताउदै ब्यवासायीहरु अवस्था यस्तै रहे प्रतिकारमा उत्रिने चेतावनी समेत दिएका छन् ।
बैंकर्सहरुको क्रियाकलापले ब्यवसायी मात्र नभई घरका परिवारहरु पनि तनावमा रहने गरेको उनिहरुको भनाई छ । वर्तमान परिस्थितिमा बैंकको ब्याज र सावा तिर्नै नसक्ने बताउदै ब्यवसायीहरुले कर्जाको सीमा बढाउन माग गर्दै आएका छन् । उद्योग ब्यपार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले कर्जाको ब्याजलाई एकल अंकमा झार्नुपर्ने, स्प्रेड दर १ प्रतिशत कम गर्नु पर्ने, बेसरेटलाई यथासक्दो न्यूनतम बिन्दुमा सार्नुपर्ने, पूजिगत खर्च हुन नसकेको वर्तमान अवश्थामा नेपाल राष्ट्र बैंक मार्फत कर्जा प्रवाह गर्नु पर्ने, चालु पूजि खर्च निर्देशिका २०७९ खारेज गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा होमिएको बताए ।

प्रकाशित : १२ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६