प्रदेश

जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव सर्वसम्मत चयन



काठमाण्डौ, १३ पुस । जनता समाजवाद पार्टी जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव सर्वसम्मरूपमा चयन हुनुभएको छ ।

आज बुधवार यादवलाई संसदीय दलको नेतामा सर्वसम्मतरूपमा चयन गरिएको पार्टीले जनाएको छ । उहाँ पार्टी अध्यक्ष उपेन्द्र यादव निकट मानिनुहुन्छ ।

यसअघि दलको नेता छान्न निर्वाचन कार्यतालिकासमेत तय भएको थियो । तर अन्तिम समयमा सहमतिमै दलको नेता चयन गरिएको हो । दलको नेतामा यादवसहित सङ्घीय परिषद् अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवको दाबी रहेको थियो ।

प्रकाशित : १३ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६