प्रदेश

झन्डै ३ वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु



काठमाण्डौ, १३ पुस । झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु भएको छ । २०७६ सालको माघदेखि नै चीनले विभिन्न कारण देखाएर नेपाली सामान रोकेको थियो । अनौपचारिकरूपमा हिजो मङ्गलवारदेखि नै सामान निर्यात सुरु भए पनि आज बुधवार औपचारिक कार्यक्रम नै गरेर सामान निर्यात सुरु भएको नेपालमा रहेको चिनियाँ दूतावासले जनाएको छ ।

नेपाली सामानले भरिएका छ वटा कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएको दूतावासले उल्लेख गरेको छ । आजदेखि औपचारिकरूपमै रसुवागढीबाट केरुङ हुँदै सामान निर्यात सुरु भएको ल्हासाका महावाणिज्यदूत नवराज ढकालले जानकारी दिनुभयो । हिजो ५० लाख नेपाली रुपैयाँ बराबरका सामान बोकेको आठ वटा कन्टेनर चीन गएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

रसुवागढी नाका भएर मैदा, बेसार, खुर्सानी, बाँसका मुढा, कुचो, हस्तकलालगायत एक सय ८३ वटाभन्दा बढी प्रकारका सामग्री चीन निर्यात हुँदै आएका छन् ।

चीनले कोरोना महामारीलाई देखाएर नेपाली सामान रोक्नुका साथै चीनबाट नेपालमा हुने आयातमा पनि कडाइ गर्दै आएको थियो । नयाँ सरकार गठन हुनेबित्तिकै चीनले नेपाली सामान खुला गर्नुलाई अर्थपूर्णरूपमा लिइएको छ ।

तस्बिरः चिनियाँ दूतावास

प्रकाशित : १३ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६