बुटवल १४ पुस । सहकारी संस्थाहरूमा सेयर सदस्यलाई नेतृत्वमा पुग्न नदिई सहकारीको मर्म र भावनाविपरीत ऐन, कानुनलाई नै मिचेर एउटै व्यक्ति लगातार तीनपटकसम्म नेतृत्वमा बस्ने परिपाटी मौलाउँदै गएको पाइएको छ । त्यति मात्र होइन सञ्चालक समितिका अध्यक्षले कर्मचारीले जस्तै तलब सुविधा समेत लिने गरेको समेत पाइएको छ ।सहकारी सिद्धान्त विपरित निर्वाचन प्रकृयामा निवर्तमान अध्यक्ष र सिस्टर सोसाइटीको सचिवालय अध्यक्ष स्वतः सञ्चालक सदस्य हुने, सञ्चालक सदस्य हुन एक कार्यकाल उपसमिति सदस्य हुनुपर्ने जस्ता गैरकानुनी प्रावधान राखेर सञ्चालक समितिमा आउन चाहने आम सेयर सदस्यलाई रोक्ने बेथिति भएपछि रुपन्देहीको तिलोत्तमा–२ स्थित तिलोत्तमा वहुमुखी सहकारी संस्थाको विवाद अदालतसम्म पुगेको छ ।
निर्वाचन प्रकृयामा सदस्यहरुद्वारा लोकतान्त्रिक नियन्त्रण र खुला प्रतिस्पर्धा जस्ता सहकारीका सर्वमान्य सिद्धान्तविपरित पाण्डेलाई उम्मेदवारीमा रोक्न बिमा कम्पनीमा काम गरेको सदस्य सञ्चालक हुन नपाउने नियम सहकारीले बनाएको पाण्डेले बताए ।
१४ पुस २०७९, बिहिबार
प्रतिक्रिया