कपिलवस्तु १४ पुस ।कपिलवस्तु नगरपालिका ३ स्थित चप्परतलामा तौलिहवा र आसपासका गाई गोरुलाई व्यवस्थापन गर्न शुरु गरिएको छ । छाडा चौपायका कारण किसानहरुलाई शास्ती भएको र सडकमा पनि कठिनाई भए पछि उक्त स्थानमा अस्थाई रुपमा गाई गोरु व्यवस्थापन गर्न लागिएको कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले बताउनु भयो । गाई गोरु व्यवस्थापनका लागि दिन गन्तीमा ४ जना हेरालु समेत राखिएको छ । पशुचौपायालाई पानी , भुषा , परालको व्यवस्था गरिएको मेयर पौडेलले जनाउनु भयो ।

छाडा चौपाया सडकमा आउने गर्दा दुर्घटना जोखिम हुने अवस्था थियो , व्यवस्थापन हुने भएपछि हिडडुलमा सहज भएको मोटरसाइकलमा सवार बैकुल्ला यादवले बताउनु भयो । सिजन अनुसारका बाली खेती बचाउन नसकेका किसानहरु पनि गाई गोरु व्यवस्थापन हुने भए पछि खुशी भएका छन ।









प्रतिक्रिया