जीवनशैली

नेपालगन्जका सबै वडामा इन्टरनेट पहुँच विस्तार



नेपालगन्ज १४ पुस — नेपालगन्ज उपमहानगरपालिकाका सबै वडामा इन्टरनेटको पहुँच विस्तार भएको छ । वडा नम्बर २३ मा बुधबारदेखि सेवा विस्तार गरिएसँगै सबै वडामा इन्टरनेटको पहुँच पुगेको हो ।
नगर प्रमुख प्रशान्त विष्टले एक कार्यक्रमका बीच वडा नम्बर २३ को वडा कार्यालयमा इन्टरनेट सेवा सुभारम्भ गरेसँगै यहाँका २३ वटै वडा इन्टेरनेटको पहुँचमा पुगेका छन् । इन्टरनेटको पहुँचमा पुगेसँगै वडा नम्बर २३ ले पनि अब सबै सेवा इन्टरनेटमार्फत् प्रवाह गर्नेछ ।
इन्टरनेट शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले उपमहानगरपालिकाभित्र रहेर पनि पछाडि परेको वडा नम्बर २३ लाई डिजिटलाइज गर्न अति आवश्यक महसुस गरेर इन्टरनेटको पहुँचमा पुर्‍याइएको बताए । उनले वडाको काम अब छिटो छरितो हुने भएपछि स्थानीय लाभान्वित हुने बताए ।
ुतपाईंहरु पनि अब सूचना प्रविधिसँग जोडिनुभएको छ, सूचनाको अधिकार उपभोग गर्न पाउने अवस्था बनेको छ, अब अनलाइनबाट छिटो छरितो काम हुन्छ,ु नगर प्रमुख विष्टले भने ।
स्थानीय रियाज अन्सारीले अब अनलाइनबाटै सेवा प्रवाह हुने अवस्था बनेको भन्दै खुसी व्यक्त गरे। उनले यसअघि व्यक्तिगत घटना दर्ता गर्नै तीन दिन लाग्ने गरेकोमा अब सहजै काम हुने विश्वास व्यक्त गरे । वडा नम्बर २३ मा वर्ल्डलिंकको इन्टरनेट जडान गरिएको सूचना प्रविधि शाखा प्रमुख घनश्याम बर्माले बताए ।

प्रकाशित : १४ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६