जीवनशैली

प्यूठानकी युवतीको रुपन्देहीमा रहस्यमयी मृत्यु



बुटवल १४ पुस — प्यूठानकी एक युवतीको रुपन्देहीमा रहस्यमयी तरिकाले मृत्यु भएको छ । ९ दिनअघि नै घटना घटे पनि दोषीलाई अझै कारबाही प्रक्रियामा नल्याएको भन्दै आफन्तले मृतकको शव उठाएका छैनन् ।
प्यूठान नगरपालिका–५ जुम्रीकाँढा पूर्णगाउकी २२ वर्षीय लालमती खत्री क्षेत्री सिद्धार्थनगर नगरपालिका १३ मा पुस ४ मा आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । भित्र लालमती झुन्डिएको भए पनि कोठाको बाहिरबाट चाबी लगाइएको थियो ।
मृतकका परिवारले उनका प्रेमी जोर्डनविक्रम श्रेष्ठविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका छन् । प्रहरीले आरोपितलाई पक्राउ नगरेपछि न्याय नपाएको भन्दै शव नबुझेका हुन् । उनको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा छ ।
लालमतीले दुई वर्षदेखि भैरहवामा लक्ष्मी बुटिङ टेलरिङ सेन्टर सञ्चालन गर्दै आएकी थिइन् । छिमेकीका अनुसार लालमती र सिद्धार्थनगर नगरपालिका–१ रुपन्देहीका ३० वर्षीय जोर्डनविक्रम श्रेष्ठ पहिल्लैदेखि प्रेममा थिए । अघिल्लो महिनादेखि बिहे गरेको बताउँदै एउटै कोठामा बस्दै आएका थिए ।
आइतबार साँझसम्म पनि आरोपित व्यक्ति लालमतीको कोठामा थिए । सोमबार बिहान ४ बजेतिर ढोका खोलेको आवाज आएको थियो । त्यसपछि कोठा नखुलेको तर, झ्यालबाट चिहाउँदा शंकास्पद देखिएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
मृतकका दाइ टेकराज खत्रीले प्रहरीले प्रमाण नपुगेको भन्दै श्रेष्ठलाई पक्राउ नगरेको गुनासो गरे । बहिनीको कोठामा आरोपित व्यक्तिको नागरिकता र सेतो गन्जी भेटिएको उनले बताए । परिवारले लालमती र श्रेष्ठकोबीच भएको च्याटको कुराकानी, उनको कोठामा कपडा लगाएर बनाएको भिडियो र सार्थक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भैरहवामा दुवै जनाले गरेको बचत पासबुक पनि प्रहरीलाई दिएका छन् । सबै प्रमाणसहित प्रहरीलाई लिखित जाहेरी दिँदा पनि आरोपितलाई प्रक्राउ नगरेको उनले दुखेसो पोखे ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले भने अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरिएपनि अदालतले पक्राउ आदेश नदिँदा आरोपितलाई पक्राउ नगरिएको बताए ।

प्रकाशित : १४ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६