काठमाडौं, १४ पुस । लुम्बिनी प्रदेशमा गर्न लागिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ । पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने कार्यक्रम स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।
प्रदेश सरकारका पाँच वर्षे कार्यकालको समीक्षा र अनुभव साटासाट गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको थियो। बदलिँदो राजनीतिक घटनाक्रमका कारण पनि सम्मेलन स्थगित भएको बताइएको छ।








प्रतिक्रिया