प्रदेश

लुम्बिनी प्रदेशको राप्रपा संसदीय दलको नेतामा चौधरी



बुटवल, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा रुपन्देहीका आशिष कुमार चौधरीलाई चयन गरेको छ ।

काठमाडौंमा बसेको संसदीय दलको वैठकले रुपन्देही १ (१) बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको हो ।

दलको प्रमुख सचेतक र सचेतकको निर्णय हुन भने बाँकी रहेको नेता चौधरीले बताए । राप्रपाबाट प्रत्यक्षमा चौधरीसहित कपिलवस्तुबाट जानकीप्रसाद यादव तथा समानुपातिकतर्फ बाँकेबाट मिनाकुमारी श्रेष्ठ र गुल्मीबाट मेनुका खांण ठकुरी निर्वाचित भएका छन् ।

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले रुपन्देही ३(१) बाट निर्वाचित सन्तोष पाण्डेलाई दलको नेता चयन गरेको छ । प्रमुख दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतले नेता चयन गर्न बाँकी छ ।

प्रकाशित : १४ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६