प्रदेश

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा ५ दिनभित्र तयार पारिने



काठमाण्डौ, १४ पुस । सत्ता गठबन्धनको आज बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र तयार पार्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका अध्यक्षहरुको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र तयार पार्ने निर्णय गरेको हो । मस्यौदाका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति बन्ने भएको उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेले जानकारी दिनुभयो ।

समितिका लागि हरेक राजनीतिक दलले सदस्य तोक्ने निर्णय भएको छ । आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने सहभागी हुनुहुन्थ्यो ।

बैठकमा मन्त्रीपरिषद् विस्तारबारे पनि छलफल भएको छ । मन्त्रीमण्डल बिस्तार गर्दा योग्यताको आधारमा बिस्तार गर्ने भन्ने विषयमा पनि छलफल भएको गृहमन्त्री लामिछानेको भनाइ छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै छलफल र सम्वाद तिब्र पारेका प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । त्यस्तै आजको बैठकमा प्रदेश सरकारमा शक्ति बाँडफाँडको बारेमा पनि छलफल भएको छ ।

प्रकाशित : १४ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६