प्रदेश

गण्डकी प्रदेशका सांसदले लिए पद तथा गोपनियताको सपथ



कास्की, १४ पुस । गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाएका हुन् । बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन् । राप्रपाका पञ्चराम तकु, कांग्रेसकी सरस्वती गुरूङ र पर्वती तामाङले मातृ भाषामा सपथ लिएका हुन् ।

सपथ खाएपछि सांसदहरूले प्रदेश सभा सदस्यको प्रतीक चिह्न लगाएका छन् । गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।

प्रकाशित : १४ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६